Erani Mahal
प्रथम अन्तर पालिकाको भलिबल प्रतियोगिताको उपाधि बौदीकालीलाई
bv
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा सन्चालन भएको प्रथम खुला अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । प्रतियोगितामा बौदीकाकी गाउँ पालिकाले कालीगण्डकी गाउँपालिका स्याङ्जालाई १८/२५ , २५/२२ र १५/१३ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । यसैगरी बाग्लुङको गलकोट नगरपालिकाले परासीको बर्दघाट नगरपालिकालाई २५/२३ , १६/२५ र १३/१५ को अन्तरमा जीत निकाल्दै तेस्रो स्थानमा प्राप्त गर्‍यो भने बर्दघाट गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रथम बिजेता बौदीकाली गाउँपालिकाले ट्रफी सहित नगद १ लाख २० हजार हात पारेको छ भने उपबिजेता कालीगण्डकी गाउँपालिका गाउँपालिकाले ट्रफी सहित नगद ८० हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको गलकोट नगरपालिकाले ट्रफी सहित नगद ५० हजार र सान्त्वना स्थानमा रहेको बर्दघाट नगरपालिकाले ट्रफी सहित ३० हजार प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कार अन्तर्गत बौदीकालीका हिमल सुनारीले बेस्ट सर्भर, गलकोटका चन्द्र सुनारले बेस्ट डिफेन्डर पुरस्कार प्राप्त गर्‍यो । यसैगरी बेस्ट सेटर काली गण्डकीका सुदिप राना,बेस्ट स्पाइकर बर्दघाटका कमल गहतराजलाई प्रदान गरेको छ भने बेस्ट ब्लकरमा बौदीकालीका विश्वास अधिकारी र बेस्ट प्लेयर बौदीकालीका आशिष श्रेष्ठले प्राप्त गरेको छ । बिजयी समूह तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सदस्य श्रेष्ठले खेलकुदको माध्यमबाट आफुलाई स्थापित गर्न खेलाडीहरु सक्षम हुनुपर्नेमा जोड दिनुभयो । खेलकुदले अनुशासित र जिम्मेवारी हुन सिकाउने भएकोले आफुमा भएको सीपलाई सदुपयोग गर्न सदैब तत्पर रहनुपर्ने बताउनुभयो । बैशाख २३ गते देखि निस्दी,गल्धाको खेलमैदानमा सन्चालन भएको प्रतियोगितामा पाल्पा जिल्लाका ४ पालिका र अन्य जिल्लाका ४ पालिका गरि ८ पालिकाहरुको सहभागिता रहेको थियो । निस्दी गाउँपालिका पाल्पाको आयोजना र निस्दी भलिबल संघको सह-आयोजनामा सन्चालन भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षमा भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update