Erani Mahal
टाेल-टाेलमा प्रवेशद्वार बन्दैं
ssdd
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाका टोलहरुमा प्रवेशद्वार तथा गाङ्छारी निर्माणकार्य हुँदै छ । गाउँपालिकाको ८ लाख रुपैयाँको आर्थिक सहयोगमा सन्चालन भएको प्रवेशद्वार र गाङ्छारी अर्चलेका नौ वटै टोलमा निर्माण गरिने वडा अध्यक्ष मेख बहादुर सुनारीले बताउनु भएको छ । हालसम्म ५ वटा टोलमा प्रवेशद्वार निर्माणकार्य सम्पन्न भइ सकेको र बाँकी टोलमा ठाउँ छनौट संगै निर्माणकार्य समेत भइ रहेको वडा अध्यक्ष सुनारीले बताउनुभयो । वडा नम्बर-६,अर्चलेको मूल प्रवेश स्थल निस्दीखोलाको रेचेघाटमा पक्की पुल नजिक ५ लाख रुपैयाँको लागतमा गेट निर्माणकार्य थालनी गरेको अर्चलेले सबै टोलहरुमा प्रवेशद्वार र गाङ्छारी निर्माण गरेको हो । गाउँको भेला र प्रतिक्षालयको प्रायोजनका लागि निर्माण गरिएको गाङ्छारीको शाब्दिक अर्थ शितल स्थल हो । ग्रामीण पर्यटनमा टेवा पुग्ने उद्देश्यले अर्चलेका सबै टोलमा प्रवेश स्थल र टोलको मुख्य-मुख्य चोकहरुमा गाङ्छारी निर्माणकार्य गरिएको उपभोक्ता समितिका अध्यक्ष खेम बहादुर बिकको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update