Erani Mahal
निस्दीमा शैक्षिक सुधारको लागि वडा स्तरीय अन्तरक्रिया
Niss
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा शैक्षिक सुधारको लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम आज देखि सन्चालन भएको छ । वडा नम्बर-१,बाकामलाङ्गको राधाकृष्ण माध्यमिक विद्यालयमा सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि सारुले विद्यालयमा शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले शिक्षक र अभिभावकहरु बिच समन्वयको अभावले नतिजा संतोषजनक आउन नसकेको बताउदै सुधारका उपायहरु अपनाउन ढिलो गर्न नहुनेमा जोड दिनु भएको छ । कार्यक्रममा वडा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर-६,अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले भौतिक संरचनालाई मात्र हेरेर विद्यालयको समग्र प्रगति बारे मूल्यांकन गर्न नहुने बताउनुभयो । कार्यक्रममा वडा नम्बर-३,झिरुबास झिरुबासका नबिन्द्र सोतीले बाल मैत्री वातावरणमा शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन सुझाव दिनु भयो । विद्यालयको शैक्षिक तथा समग्र पक्ष सहितको प्रतिवेदन विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुत गर्नुभएको थियो । जम्मा ८ वटा विद्यालयहरु सन्चालनमा रहेको बाकामलङ्गमा यस शैक्षिकसत्रका लागि शैक्षिक योजना तयार गरिएको जनाएको छ । वडा नम्बर-१,बाकामलाङ्गका वडाध्यक्ष यम बहादुर रानाको अध्यक्षतामा सन्चालन भएको तालिमको सहजीकरण शिक्षा संयोजक नर बहादुर थापाले गर्नुभएको हो । निस्दीको शैक्षिक सुधार गर्ने उद्देश्यले ७ वटै वडामा अन्तरक्रिया सन्चालन गर्ने निस्दीले भोलि वडा नम्बर-२,सहलकोटमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update