Erani Mahal
निस्दीको अर्चलेमा शैक्षिक सुधारका लागि अन्तरक्रिया
arr (1)
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको शैक्षिक सुधारका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो । विद्यालय सन्चालन र व्यवस्थापनमा भएका अनुभव र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सारुले निस्दीले यस वर्ष शिक्षा ऐन निर्माण गरि कार्यान्वयन गर्ने योजना रहेको बताउनुभयो । निस्दीका ७ वटै वडामा अन्तरक्रिया कार्यक्रम सन्चालन गर्ने योजना राखेको निस्दीले हालसम्म ५ वटा वडाहरुमा कार्यक्रम सम्पन्न गरेको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी गराउनु भयो । कार्यक्रममा वर्तमान नतिजाको समीक्षा,आगामी शैक्षिकसत्रको शैक्षिणिक योजना बारे छलफल गरिएको थियो । यसैगरी बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामाग्रीको आवश्यकता र महत्त्व बारे समेत जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय,शिक्षा संयोजक नर बहादुर थापाले गर्नु भएको थियो । गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरे,नेकपा एमाले वडा कमिटीका अध्यक्ष महेन्द्र बयम्बु लगायतकाले कार्यक्रमको बारेमा बोल्नुभएको थियो कार्यक्रममा अर्चलेका ४ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष र शिक्षक-शिक्षिकाहरुको सहभागिता रहेको थियो । अर्चले स्वास्थ्य चौकीको सभा हलमा सन्चालन भएको अन्तरक्रिया कार्यक्रम बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेयले गर्नुभएको भएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update