Erani Mahal
निस्दीको ज्यामिरेमा शैक्षिक सुधारका लागि अन्तरक्रिया
Nnna (1)
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरे,पाल्पामा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजनामा सन्चालन भएको कार्यक्रमको अध्यक्षता वडा नम्बर-७,ज्यामिरेका वडा अध्यक्ष मुक्त बहादुर पाटा रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयको भौतिक पक्षलाई मात्र मूल्यांकन नगरी शैक्षिक पक्षलाई समेत महत्त्व दिनुपर्ने बताउनुभयो । शैक्षिक बिकासलाई टेवा पुर्‍याउने उद्देश्य सहित प्रत्येक वडामा रहेका विद्यालयहरुका शिक्षक तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरि सुझाव संकलन गरि योजना कार्यान्वयन उहाँको भनाइ रहेको छ । यसैगरी सामाजिक बिकास समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले निस्दीमा तल्लो तहमा सिकाइ उपलब्धि संतोषजनक रहे पनि माथिल्लो तहमा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । विद्यालय सन्चालन र व्यवस्थापनमा भएका अनुभव र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय चारघरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर नेपालीले सम्बद्ध सबै पक्षका सरोकारवालाहरुले जिम्मेवारीपूर्वक कार्य गर्न र जवाफदेही बन्न सुझाव दिनुभयो । जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर पल्लीले अन्तरक्रिया कार्यक्रम सनय-समयमा सन्चालन गर्नुपर्ने बताउनु हुँदै दैनिक पाठयोजना अनुसार शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो । शैक्षिक शत्र २०७९ सालको शैक्षिक उपलब्धिको समीक्षा र भावी कार्ययोजना,बालमैत्री शिक्षणका सुचकहरु बारे छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष र ९ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । जनप्रिय माध्यमिक विद्यालय बतासामा सन्चालनमा भएको कार्यक्रमको सन्चालन बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेयले गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update