Erani Mahal
रैनादेवीमा बलिह्याङ ब्याडमिन्टन क्लब गठन
Untitled
पाल्पा - जिल्लाको रैनादेवी छहरा गाउपालिका वडा न ७ बेलबास स्थित युवाहरूको एक भेलाले दिल बहादुर खाम्चा काे अध्यक्ष्ातामा ९ सदस्यीय बलिह्याङ ब्याडमिन्टन क्लब गठन गरेको छ। जसको उपाध्यक्षमा विजय कुमार सारु,सचिवमा दिल बहादुर गाहा,सहसचिवमा दान बहादुर राना (विन्दु ) काेषाध्यक्षमा खिम बहादुर पेङगनी र अन्य सदस्यहरुमा बिष्णु बहादुर सिजाली,अाेम बहादुर बलाल,झविन्द बलाल,कुमार सिजाली रहेका छन्। साथै भेलाले देवेन्द्र पुन सयाेजक रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। अन्य सदस्यहरुमा थान बहादुर सिजाली,तुलसी कामु,जीवन थापा र यम बहादुर सिजाली रहेको बताईएकाे छ। भेलाले विविध निर्णयहरु गरेको छ।जस अन्तर्गत यहि मिति २०८० जेठ २६ र २७ गते प्रथम बलिह्याङ कप लेवल सि खुल्ला ब्याडमिन्टन प्रतियाेगिता गर्ने,सदस्यता वितरण गर्ने , क्लव दर्ताको लागि अाबश्यक कामकाे थालनी गर्ने , अार्थिक सहयोग सङकलन गर्ने लगायतका निर्णयहरु गरेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update