Erani Mahal
पाल्पा - गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मेख बहादुर सुनारी सर्वसम्मत चयन हुनु भएको छ । विद्यालयमा बुधबार बसेको अभिभावक भेलाको बैठकले सुनारीलाई व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भए पछि सुनारीले विद्यालयले यस वर्ष देखि ११ कक्षा सन्चालन गरेको बताउदै विद्यालयको भौतिक बिकासका साथै शैक्षिक उपलब्धि वृद्धि गर्नेमा जोड दिइने बताउनुभयो । वडाध्यक्ष समेत रहनु भएका सुनारीले हाल स्थानीय शिक्षा ऐन सम्बन्धित सरोकारवालाहरुसंग छलफलको चरणमा रहेको बताउनु हुदै आवश्यक सल्लाह सुझाव दिन आग्रह समेत गर्नुभयो । त्यसैगरी समितिका अन्य सदस्यहरुमा प्रकाश राना,अर्जुन बयम्बु,सिर्जना खण्डलु,हुमी सरा बयम्बु र सिर्जना बयम्बुलाई चयन गरेको छ । त्यसैगरी शिक्षक प्रतिनिधिमा राजु प्रसाद भण्डारी र सदस्य सचिबमा प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल रहनु भएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष बलु गैरेले आफ्नो कार्यकाल गरेका महत्त्वपूर्ण कार्य प्रगतिहरु प्रस्तुत गर्नु हुँदै विद्यालयको समग्र पक्षमा सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य मिम्श्री बयम्बु,वडा सदस्य प्रकाश राना,नेकपा एमाले वडा कमिटी अध्यक्ष महेन्द्र बयम्बु,नेपाली कांग्रेसका वडा सभापति गगन सिं खन्गाहा,अभिभावक अर्जुन बयम्बु लगायतकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक बिकासका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो । साथै उक्त भेलाले एम बहादुर सार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update