Erani Mahal
बल्ढेङ्गढी बेलवासमा रक्तदान कार्यक्रम हुने
blood
पाल्पा - जिल्लाको बलीहाङ व्याडमिन्टन कल्वको आयोजनामा असोज ५ गते शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्ने भएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्गढी बेलवासमा रहेको क्लवले रक्तदान जीवनदान भन्ने नाराको साथमा रक्तदान कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष दिलबहादुर खाम्चाले बताउनुभयो । क्लवले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको र रगत अभावमा कुनै पनि मानिसले ज्यान गुमाउन नपरोस भनेर रक्त संकलन गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागि हुन सबै सदस्य तथा स्थानीयलाई सहभागिताको लागि आग्रह समेत गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update