Erani Mahal
सामुदायिक रेडियो मुक्तिनाथको बार्षिकाेत्सव
muktinath
पाल्पा - पाल्पा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो मुक्तिनाथ १९ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज १ गते तानसेन कैलाशनगरबाट प्रशारण सुरु गरेको रेडियो अहिले जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबासबाट प्रशारण भैरहेको छ । श्रोतालार्य ज्ञान, सूचना, शिक्षा, अभिप्रेरणा एवंम मनोरन्जन प्रधान गरी ग्रामीण भेगका जनताहरुको नेतृत्वदायी भूमिका खेलेको रेडियो मुक्तिनाथले दुरदराजमा रहेका नागरिकलाई सत्य तथ्य सूचना प्रवाह गर्दै आएको छ । जसले जनतालाई सूचनाको हक प्रयोगमा सहज वातावरण तयार भएको अध्यक्ष डुलबहादुर कुवँरले बताउनुभयो । सूचनाको हकलाई प्रभावकारी रुपमा आमजनता समक्ष तथ्य सहितको सत्य सूचना समयमा प्रवाह गरी जनतालाई सुशुचित गर्ने रेडियो सफल भएको रेडियोका स्टशेन प्रबन्धक भुवन रायमाझीले बताउनुभयो । उहाँले समुदायमा भैगरेको विकास निर्माण, सामाजिक परिर्वतनका कुरा, परम्परागत शैली, प्राकृतिक स्रोतको प्रयोग, किसानको पौरखका कुरा स्वयम व्यक्तिको सहभागिता उजागर गर्दै आएको समेत बताउनुभयो । दैनिक १८ घन्टा सञ्चालनमा रहेको रेडियो जिल्लाको पश्चिम भेगमा रहेको एक मात्र संचार गृह हो । श्रोताको चाहना, आबश्यकता अनुसार आफ्ना कार्यक्रम उत्पादन तथा प्रशारणमा केन्द्रित रेडियोले स्थापना दिवसको अबसरमा विज्ञापनदाता, श्रोता, सेयर सदस्य, सञ्चालक समिति तथा शुभेच्छुकहरु प्रति यो यात्रामा गरेको सहयोग र सहकार्यका लागि हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update